Creations

अन्तर्राष्ट्रिय बेइज्वत (नियात्रा)

October 31, 2019 सम्पादक 0

पितापूर्खाको रगत पसिनाले सिंचित मलेशिया भूमिमा हामी नेपालीलाई पक्कै पनि पूर्खाहरुको आर्शिबाद छ झै लाग्छ त्यसैले हुनुपर्छ नेपालीको कमाउने र रमाउने छुट्टै संसार बनेको छ मलेशिया । साहित्यको क्षेत्रमा काम गर्दै आएको पनि लगभग डेढदशक नाघेछ । प्रवासी वेदनाका आवाजहरु नामक साहित्यिक पत्रिका (सन् १९९८ देखि २०१०) र अनलाइन नेपाली साहित्य मंच अर्थात नेपालीलिटरेचरडटकम/साहित्यघरडटकम (सन् २००५ देखि हाल […]

Creations

सिक्किम, आसाम र नागाल्याण्ड भित्रको संसार, गोर्खाल्याण्ड प्राप्त किन हुदैन?

October 23, 2019 सम्पादक 0

नेपालको सुदुर पूर्वको काँकडभिट्टा नाकामा तेर्सिएको गेट नजिकै रहेको होटलमा एक रातको बास पछि विहानपंख इतिहासविद् गोपीलाल लिम्बुको घरमा भेटघाट तथा सोधपुछको लागि पुग्यौ । भारतीय सेनामा ३८ बर्ष सेवागरि फर्कनु भएका लिम्बुबाट धेरै इतिहासका कुराहरु ग्रहण गरयौ र केहीकेही इतिहासका कुरालाई वहासंग बुझेपछि सदर गर्यौ, हामीमा भएका अस्पष्टता निदान भयो । निक्कै लामो गफगाफ पछि विदाहुनु अघि […]

Creations

भूत (लघु कथा)

October 21, 2019 सम्पादक 0

अक्टोबरको अन्तिम हप्ता युकेमा चाडै अध्यारो भएको छ । परिक्षाको कारण लाहुरे कुमार घरमा बत्ति बालेर सुनसानमा एक्लै पढिरहेको छ । श्रीमतिको साँझको काम भएकोले चाडै आउनेवाला छैन । त्यसैले बेलुकीको खाना बनाउनु पनि हतार छैन । गहिरिएर अध्ययन गरिरहेको छ । अब झपक्क अध्यारोले छोपेको छ । त्यति नै बेला ढोकामा कसैले ढकढक ढक्ढक्याउछ । कुमारले सोच्यो […]

Creations

The critiques of the British electoral system – Biswasdip TIGELA

October 16, 2019 सम्पादक 0

The electoral system is a underpins of the stable government. There are many electoral systems all over the world. Some electoral systems give a strong and stable government while some systems do not. This depends on ethnicity, community, background and geography. The United Kingdom has a long legacy of democracy, because of the way of electing system and […]

Creations

एनआरएनलाई रमाइलो चुनावी घर नबनाईयोस, एनआरएनमा कसैले पनि हार्दैन्न

October 14, 2019 सम्पादक 0

गैर आवासिय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलन तथा अधिवेशनमा सहभागी हुन नेपाल बाहिर रहदै आएका हजारौ नेपालीहरु अहिले काठमाडौंमा जम्मा भएका छन् । भेला भएका नेपालीहरु सम्मेलनको वहानामा परिवार तथा नातागोता संग दशैं मनाउन, साथीभाई भेटन, ब्यवहार मिलाउन ब्यस्त छन् । र, धेरै जनाले तिहार पनि मनाउनेछन् । उसो त नेपालीहरुको महान चार्ड भनेकै चुनाव हो […]

Creations

दुबईको अनुशासन र होटलको कोठा (यात्रा स्पर्श)

October 12, 2019 सम्पादक 0

तन्नेरी र तरुनी चौतारिमा भेट भएर लुकामारी खेल्ने ठाँउ हो दुबई । उसो त दुबई जति खुल्ला र स्वतन्त्र छ त्यो भन्दा बढि अनुशासनमा बस्दछ । अनुशासनमा नरहनेलाई सरिय कानुनले औला काटिदिने र मूत्यूदण्ड दिने गर्दछ । स्वभावैले मानिस डराउछन र मानिस हुनुको नाताले मात्र होइन कानुन र समाजको डरले मानिस अनुशासनमा बाँधिन्छन सायद । धेरै पटक दुबईमा […]

Creations

टोकियोको क्याप्सुल लज र न्यानो चर्पी (नियात्रा)

October 10, 2019 सम्पादक 0

हामी नेपालीहरुको पहिचान र प्रतिष्ठा स्थानअनुसार बेग्लाबेग्लै निर्माण भएको छ, निर्माण गरेका छौ । जापानमा रहेका नेपालीहरु कुशल सेफहरुको रुपमा स्थापित छन् । हङकङमा रहेका नेपालीहरु बिल्डिङ, टनल तथा निर्माणको काम गर्ने कुशल श्रमिक, मलेशियामा रहेका नेपालीहरु फ्याक्ट्रीमा काम गर्ने असल श्रमिक त्यस्तै ब्रुनाईमा पुगेका नेपालीहरु राजपरिवारका लागि विश्वासिलो सेक्यूरिटी, युकेको निम्ति पनि बिट्रीस साम्राज्य विस्तार गर्ने, रानी […]

Creations

एनआरएन मित्र, टाई लगाउदैमा विद्धवान भइन्न

October 10, 2019 सम्पादक 0

एनआरएन मित्र, दशौं बर्ष एउटै कोठामा वेटर गरेर बाहिर टाई लगाएर निस्कन्दा विद्धवान भईन्न । मित्र बषौ डण्डि र बन्दुक बोकेर हरियो पर्खाल बाहिर निस्कन्दा पनि विद्वान भइन्न । मित्र, अनेक काम गरेर आफैले मात्र बुझेको कुराले विद्वान भइन्न । बषौ अघि गाँउ बस्ति छोड्दाको अवस्था नै मानसपटलमा राखेर विद्वान बन्न पक्कै सकिन्न । देशको लागि सिन्को नभाँची […]

Creations

गुणको रिणले यसर्थ थिचीरहन्छ (नियात्रा)

October 9, 2019 सम्पादक 0

चंचले उमेर थियो त्यो बेला सायद । तर, मलाई सानै देखि साहित्य र राजनीतिको नसा लागेको हो लाग्छ । तरुणी तपसी, मुनामदन, नारी बन्धन, बसाई आदी उपन्यासहरु गोठाला जाँदा सिध्याउथे । कोङपी, कइरन, साल्पा आदी पत्रिकाहरु खुबै प्रिय लाग्थ्यो । त्यसवेला साधना पत्रिकाको नयाँ अंक प्राप्त गर्नु गौरवको कुरा हुन्थ्यो । गोर्खापत्रको अर्धबार्षिक ग्राहक बनेको थिए र हूलाक […]

Creations

युकेमा विवाह विकृति (लेख)

October 9, 2019 सम्पादक 0

युकेमा जति चन्दा आतङ्कले सताएको छ त्यति नै विवाहको निम्ताले पनि सताएको गुनासोहरु पाइन्छन् । युकेमा विवाहको दुई अभ्यासहरु छन् । विवाहमा निम्ता गर्ने र प्रवेशद्धारमै बहि लेख्न लगाउने र अर्को अभ्यास चाहि विवाहमा निम्ता गर्ने र बहि लेख्न नदिने नाम मात्र लेख्ने । त्यस्तै दुखः पराउमा पनि यस्तै चलन छ । कसैले सहयोग बहि लेखाउने र कसैले […]

Creations

युकेमा भाञ्जाको र दार्जिलिंक इतर आसामी भाञ्जिको पीडा उस्तै (लेख)

October 9, 2019 सम्पादक 0

दार्जिलिंकको आन्दोलन संगै एक आसामी बहिनीले नेपालबाट भारतमा घरेलु काम गर्न आउने गरेको कारण आम भारतमा नेपाली भाषी भारतीयहरुलाई पनि अन्य भारतीयले घरेलु कामदार नै सोच्ने गरेको गुनासो गरे । यो धु्रव सत्य हो । कुनैदिन नेपाल सम्पन्न र शक्तिशाली हुदा भारतमा रहेका नेपाली भाषीहरुलाई पनि सम्पन्न जाति भनी आम भारतमा सम्मान गर्नेछन् । यो मानविय स्वभाव हो […]

Creations

त्रिशुलेको अजिंगर र सुनको भूत संग (नियात्रा)

October 9, 2019 सम्पादक 0

बर्षमा एक पटक हल्ला चल्थ्यो त्रिशुलेको बाटोमा ठूलो अजिंगर निस्किएको छ रे । हामी तेह्रचौध बर्षेहरु बल्लबल्ल दुईचार महिना पछि हिले (वजार) हटिया जान पाउदा खुसिको सिमा हुदैनथ्यो तर त्यो अजिंगरको डरले सताउथ्यो र तल्लो खोपकै लामो बाटो चारपाँच घण्टा लगाएर जान्थ्यौ र फर्किन्थ्यौ । केही दिन पछि त्यो अजिंगरको चर्चा हराउथ्यो । धेरै पछिबाट थाह भयो जब […]