युकेमा भाञ्जाको र दार्जिलिंक इतर आसामी भाञ्जिको पीडा उस्तै (लेख)

दार्जिलिंकको आन्दोलन संगै एक आसामी बहिनीले नेपालबाट भारतमा घरेलु काम गर्न आउने गरेको कारण आम भारतमा नेपाली भाषी भारतीयहरुलाई पनि अन्य भारतीयले घरेलु कामदार नै सोच्ने गरेको गुनासो गरे । यो धु्रव सत्य हो । कुनैदिन नेपाल सम्पन्न र शक्तिशाली हुदा भारतमा रहेका नेपाली भाषीहरुलाई पनि सम्पन्न जाति भनी आम भारतमा सम्मान गर्नेछन् । यो मानविय स्वभाव हो ।

युकेमा एक भाञ्जाको पीडा – युकेमा नेपाली नानीहरु अंग्रेज नानीहरु सरह वा उनीहरु भन्दा अब्बल प्रगति गरिरहेका छन तर युकेको शहरमा बृद्धा गोर्खाहरु लापरवाही, वेसहरा हिडडुल गरिरहेका र आफू बसोवास गर्दै गरेको घरको सुन्दर दुबोझारको चौरलाई मासेर नेपालमा झै बोडि तरकारी फलाउन थालेका छन त्यो अंग्रेजहरुलाई रमिता भएको छ । गोराहरु घुरेनमा स्याउको बोटमा पाकेको स्याउ समेत खादैनन, बरु सुपरमार्केटको ल्याएर खान्छन । बोटबाट टिपेर खानु जंगली स्वभाव मान्छन ।

कटमेरे युकेवासी पहिलो पुस्ताको नेपालीहरुको लापरवाहीले गर्दा युवा जमातलाई ठूलो असर भएको बताए । जाँगिरको खोजिमाहोस वा कार्यालय, कलेज र युनिभर्सिटी तिर जाँदाहोस नेपाली (गोर्खा) लाई गरिब, असभ्य तथा जंगली सोच्ने भएकाले युवा पिंडीले धेरै समस्या भोगी रहेका छन ।

सबैले देख्ने ठाँउमा तरकारी लगाएर जंगल नबनाउ, टोल र छरछिमेकको स्तरलाई कायम राख भनी बृद्धा गोर्खा परिवारलाई कसले भन्ने ? भित्रि गार्डेनमा जे गरेपनि, रोपेपनि हुन्छ । सवाल बाहिरी सडक अर्थात सबैले देख्ने ठाँउको हो । नेपाली कम्युनिटीहरु छन तर विभिन्न पार्टी र खेलकुदमै ब्यस्त छन् । नब्बे प्रतिशत गोर्खा बृद्धाहरु हरपल राम्रो गर्न चाहन्छन तर सिर्फ १० प्रतिशतको लापरवाही नै गोर्खा/नेपालीहरु प्रति अंग्रेज समाजले हेर्ने दृष्टिकोण बनिरहेका छन् । बृद्धा गोर्खाहरुको अहिलेको हेलच्यक्राई नै कम्तिमा एकपुस्ताको जीवनभर अवहेलनाको लागि काफि हुने भान्जाको चिन्ता सबैलाई सोचनीय हुनुपर्छ । यो विषय नेपाली समाजमा चर्चाको विषय हुनुपर्छ की पर्दैन ? के यी भाञ्जाको चिन्ता गलत हो ? होइन भने अब पहल गर्ने की नगर्ने ? पहल गर्ने कसले ? अंग्रेजहरुले पनि तरकारी खेती गर्छन त्यसको लागि काउन्सिल संग अलटमेन्ट (सानो बारी) माग्छन । बार्षिक १० देखि २० पाउण्डमा जो कसैले पाउन सक्छन । र, घर अगाडी दुबोवाला आँगन बचाएर, सजाएर राखेका हुन्छन र युकेमा घरको अगाडी हरियो दुबोको आँगन हुनुलाई ठूलो इज्वत मानिन्छ ।

अर्को रोचक बिषयः गोर्खाली/नेपालीहरु स्वभावैले अंग्रेजहरु प्रति अनुग्रहित हुन्छन । यसका कारण अनेक छन् प्रथमतः बषौबर्ष संगै युद्ध लड्यौ त्यो सामिप्यता, दोस्रो अंग्रेजले नेपाल र नेपालीहरु प्रति सहयोग गरेको वा गर्ने ब्यवहार, तेस्रो उनीहरु सहयोगी छन, चौथो उनीहरु ठूला ज्यानका बलियो ब्यक्तित्वका गोरे छन् र पाचौ कारण उनीहरु यहाका स्थानीय हुन । पुराना इतिहास बुझेकाहरु, उच्च घरानाका, आर्मी पृष्ठभूमिका अंग्रेजहरुले पनि गोर्खालीलाई अति नै सम्मान गर्छन । तर ती संख्या अति कम छ ।

रमाइलो के छ भने गोर्खालीहरुले गोरो देखेजति प्रायः सबैलाई कुनै पनि सम्मानार्थ शब्दले सम्बोधन र सम्मान गर्छन । तर अधिकाश गोरो जाति अंग्रेज होइन्न र स्थानीय पनि होइन्न । उनीहरु पूर्वी युरोपका हुन तर दुर्भाग्य नेपालीहरुले त्यो छुट्याउनै सक्दैनन् । पूर्वी युरोपियनहरु पनि युकेका स्थानीय जस्तो सभ्य हुदैन्न र सायद गोर्खाली/नेपालीलाई सानो कदका देखेर, गोर्खालीहरुको इतिहास नबुझेर पनि होला नेपालीहरुलाई हेप्छन । अझैपनि नेपालीले सम्मान गरिरहेका हुन्छन । विशेष गरेर फ्याक्ट्री तिर यो हेप्ने र श्रम शोषण हुने गरेको पाइन्छ । संयोग कस्तो छ भने पूर्वी युरोपियनहरुलाई गोर्खालीको इतिहास थाह छैन र थाह दिन चाहयौ भनेपनि पूर्वी युरोपियनहरु अंग्रेजी राम्ररी बुझदैन्न । नेपालीले कुन स्थानीय गोरा हो, कुन स्थानीय होईन भनी नचिन्ने र पूर्वी युरोपियनहरुले पनि गोर्खाली/नेपाली को हुन नचिन्ने र युकेको लागि के योगदान गरेको छ भन्ने नजान्ने भएकोले विकराल समस्याहरु छन तर कमाउनुको धुनमा, रमाउनुको धुनमा बाहिर आईरहेका छैन्न ।

को कहाँबाट आएका हुन भनेर चिन्ने केही सामान्य विधि पनि छन्ः समरको टन्टलापुर गर्मिमा पनि गञ्जी र ज्याकेट लगाएर टाउनमा वा बाटोमा हिडडुल गरिरहेका छन भने ती पक्कै पनि स्थानीय अंग्रेज नभई पूर्वी युरोपियन हुन वा नेपाली पनि हुन सक्छन । केही शब्द बोल्ना साथ उसको अंग्रेजी भाषा उच्चारण सुन्ने वित्तिकै कुन देश, कुन क्षेत्रका हुन भनेर प्रष्ट थाह पाउन पनि सकिन्छ तर त्यसको लागि चाहि केही समय ध्यानदिएर ख्याल गरेको हुनुपर्छ । ठाँउ नयाँ, समस्या पनि नयाँ नै भएर हुनुपर्छ गिनीपीक बन्ने चलन निरन्तर जारी छ ।

– विश्वास दीप तिगेला
(१३ जुलाई २०१७, दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलन उत्कर्षमा पुगेको वेला एक आसामी चेलीको आक्रोस आएको सन्दर्भमा)