दुबईको अनुशासन र होटलको कोठा (यात्रा स्पर्श)

तन्नेरी र तरुनी चौतारिमा भेट भएर लुकामारी खेल्ने ठाँउ हो दुबई । उसो त दुबई जति खुल्ला र स्वतन्त्र छ त्यो भन्दा बढि अनुशासनमा बस्दछ । अनुशासनमा नरहनेलाई सरिय कानुनले औला काटिदिने र मूत्यूदण्ड दिने गर्दछ । स्वभावैले मानिस डराउछन र मानिस हुनुको नाताले मात्र होइन कानुन र समाजको डरले मानिस अनुशासनमा बाँधिन्छन सायद ।

धेरै पटक दुबईमा ट्रान्जिट बसेको छु यद्यपी एयरपोर्ट बाहिर कहिल्य नघुमेको कारण यसपटक बाहिर निस्किएको छु । जब बाहिर निस्किए गुडिरहेको गाडिबाट वरिपरि देखिने दृष्य अवलोकन गर्दै गर्दा अन्यासै आह आवाज आउछ । पुगनपुग चार दर्जन मुलुक घुम्दा पहिलो पटक म यस्तो भब्य भौतिक विकास र सभ्यता देखेर दङ्ग भएको छु । मनमनै गद्गद पनि भएको छु । एशिया र त्यसमा पनि मरुभूमिमा भएको विकास देख्दा म बोल्न सकेको छैन । बढि प्रतिक्रिया देखाउनु पनि ड्राइभरको अगाडि लाज हुने भएकोले संयमित भएको छु । दुबईमा स्थायी वा अस्थायी बसोवास गर्ने धेरै मित्रहरु हुनुहुन्छ ती मध्येका एक तर कहिल्य प्रत्येक्ष भेट नभएका पिएस निश्चल जीले बरदुबई तिर रहनुहोला भन्नु भएकोले ट्याक्सीलाई त्यहि लैजान भने तर ट्याक्सी इण्डियन बस्ने इलाका तिर लैजान खोजी रहेको छ, मैले पुनः जसरी हुन्छ बरदुबई लैजाउ भने र बरदुबईको सि भ्यू होटलमा बस्ने ब्यवस्था भयो ।

rbt

एयरपोर्टको एमिग्रेसनबाट निस्कन्दै गर्दा एक रसियन युवतीले द फस्ट ग्रुपको तर्फबाट निमन्त्रणा गरेकी थिइन । सिर्फ हाम्रो विजनेस प्रिजेन्टेशन सुनिदिनोस हामी दुबई शहर घुमाई दिनेछौ । जम्मा दुईघण्टा लाग्छ भनेकी कारण मैले म रहेको होटलको ठेगाना ह्वाटएप्समा दिए । केही समय पश्चात अति नै भिआईपी गाडि लिन आयो । म संग कान्छी छोरी मलियान पनि छिन् । अत्यन्तै शिष्टतापूर्वक ५६ तला माथिको कोठामा लगे । एकजना आएर सामान्य चिनजान गरेपछि ल मेरो अर्को साथी आएर तपाई संग कुरा गर्नेछ भनेर हिड्यो । सियद इसराथ मेच्डी आएर सबै कुरा भन्न थाल्यो । म चाहि सामुहिक पावरप्वाइन्टमा प्रिजन्टेशन होला भनेर पर्खिरहेको छु तर सियदले भन्न शुरु गरयो हामी द फष्ट ग्रुप हौ । हामी विभिन्न होटल बनाउछौ र त्यो होटलको रुमहरु ब्यक्तिलाई बेच्ने गर्दर्छौ । उक्त रुम होटलले भाडामा चलाईरहेको हुनेछ वा तपाई स्वयं दुबई आएको बेला चाहेजति बस्नु सक्नुहुनेछ । दुबईमा घर, अपार्टमेन वा कोठा आफ्नै हुनु गर्व र प्रतिष्ठाको कुरा पनि हो । यसको भविश्य पनि झन बढ्दो छ । म तिनचित भए, होटलको लज भएको कोठा पनि निजी हुदो रहेछ भनेर । मैले कहिकतै सुनेकै थिइन, कल्पनै गरेको थिइन यस्तो ब्यापार । युएईको आकर्षण र भविश्य देखाउदै लगानी गर्न लोभ्याउन थाल्यो । अर्को टेबलमा लगेर चियाकफी र स्णण्डवीच पनि दियो ।

द फष्ट ग्रुपले समुन्द्रको डिल दुबई मारियामा बन्दै गरेको ३६० मिटर अग्लो सिआईइल दुबई मारिया होटल निर्माणमा लगानी गर्नु अर्थात उक्त होटलको एक कोठा किन्नु वा चारजना मिलेर एउटा कोठा किन्नु भनी आग्रह गरे । शुरुमा १० हजार अमेरिकी डलर मात्र चाहिने त्यसपछि किस्तावन्दी बुझाउनु पर्ने, एक कोठाको ५५ लाख धिराम पर्ने बताए र आज चाहि दर सस्तो तर थाह छैन भरेभोली बढि हाल्न सक्छ । म आफैलाई सम्हाल्दै छु यद्यपी लोभ भने जागिसकेको छ । छोरीले बुबा साच्चै तपाई सिरियस होचिरहनु भएको छ? होइन, तर राम्रो रहेछ म उनीलाई ढाँट्छु । हामीलाई अब उसले प्रिजेन्टेशन गर्दै गरेको झै एक होटल प्रत्येक्ष देखाउन लगे उहि अर्को भिआईपी गाडिमा र भब्य होटलको कोठाहरु हेरयौ, दरभाउ सोध्यौ र होटल भित्रै खानेकुरा अर्डर गर्न भने, म सियदबाट निक्कै प्रभावित भईसकेको थिए र सोचे उसलाई पनि खुवाउला र हामी पनि खाउला । अर्डर गरे लियौ र अब पैसा तिर्नेबेला पर्दैन भन्यो । म पुनः अच्चमित भए । होटल भब्य र शिष्ट थियो । त्यसपछि पुनः हामी प्रिजन्टेसन हलमा पुग्यौ । मलाई अफर लागेको र अहिलेको लागि उपलब्ध कोठाहरु देखाए तब मलाई यस्तो लाग्यो की कम्तिमा एकपटक घरमा सल्लाह गर्न फोन गरौ । छोरी पनि युनिभर्सिटीकै विद्यार्थी भएकीले उनले विजनेस राम्रै रहेछ तर अहिले नै चाहि नगरौ भन्ने कुरा गरे पछि म पछाडि हटे । त्यसपछि अलि बुझेर म घरबाटै सम्पर्क गर्नेछु भनी विदा भए । झण्डै चार घण्टाको प्रिजेन्टेशनले धेरैकुरा दियो र हामीलाई उस्तै सम्मानका साथ दुबई मल जुन विश्वकै अग्लो टावर बुर्ज खलिफा संग जोडिएको ठाँउमा पुरयाईदियो ।

दुबई मल पनि अति ठूलो र सुन्दर लाग्यो । छोरी पुस्तक पसल पसेपछि म पनि इलेक्ट्रोनिक पसल छिरे । साथीहरुले सल्लाह दिए अनुसार साढे ५ बजे टावरमा चढ्दा दिँउसोको र बेलुकीको दुवै दृष्य देख्न सकिने बताएअनुसार अब टावरमा चढने बेला टिकट किन्न हेरयौ । एकदमै महंगो पर्नेरहेछ तब छोरीले म चाहि चढ्दिन भनी । म अलमलमा परे । बल्लतल्ल आएका छौ अन्ततः चढौ भन्ने निक्र्यौल भयो र दुवैजना चढयौ । टावरबाट देखिने दृष्य यतिसुन्दर की, अति नै मनमोहक लाग्यो झण्डै दुईअढाई घण्टा नै बितायौ टावरको टुप्पामा । साँझको दृष्य भिन्न र आकर्षक लाग्यो । यस्तो लाग्यो की यो पृथ्वीमा दुबई भन्दा सुन्दर अर्को संसार छैन । गजब चाहि रेष्टुरेण्ट पनि रहेछ । चिसो पेय पदार्थ पिउन पाइने, आनन्दको दृष्यावलोकन गर्न पाउने । म क्यानडा क्यालगरिको टावर, अष्ट्रिया भियनाको टावर, क्वाललम्पुरको पेट्रोनास टावर, सुन्धराको धरहरा चढेको थिए, त्यहा सिमित मान्छे, सिमित समयको लागि मात्र रहनु पाउने चलन थियो तर खलिफा टावरमा त्यस्तो केही सिमाबन्धन नहुनु आफैमा प्रिय लाग्यो । निक्कै समय टावरमा विताए पछि झरेर बस स्टेसनबाट हामी बस चढयौ । गर्मि त भनिसाध्य थिएन । अबेर होटल पुग्यौ ।

rbt

दोस्रो दिन बिहान पिएस निश्चल जी संग सम्पर्क भयो । वहाको रेष्टुरेण्टमा भेटने सल्लाह भएवित्तिकै म ट्याक्सीमा बरदुबईको अर्को पाटो अल गबिबा रोड लागे । अलि पछाडि भेटने सल्लाह भएपनि म चाडै बाटो लागे, नजिकै रहेछ । विदेशमा नेपालीहरुको रेष्टुरेण्ट कस्तोमा हुन्छ भन्ने मलाई विशेषतः मलेशियामा थाह भएकोले ठाँउ हेर्दै अघि बढदै थिए । एककजा बटुवालाई सोधे यता कतै नेपाली रेष्टुरेण्ट छ की? उनले यो इलाकामा एउटा छ, अझ अगाडि अर्को रेष्टुरेण्ट छ । म नजिकै भएको तर्फ लागे । प्रवेशद्धारमा हिमालयन रेष्टुरेण्ट जाने बाटो देखाईएकोले हामी शिधै एकतला माथि उक्लियौ । मैले सोधे पिएस जीको रेष्टुरेण्ट हो की, अरु कुनै छ? एकछिन कामदार अल्मिलिए र हो भने तब हामी बसेर पिएस जीलाई पर्खियौ । वहाको घरमा समाचार पुग्यो तब वहा चाडै आउनु भयो र हामीलाई म्यूजियम घुमाउन लैजान्छु भन्नुभयो । रेष्टुरेण्टबाट ओर्लियौ र दाहिने मोडियौ । गर्मि ३८ डिग्री छ । म चाहि कुन कारमा चढनुपर्नेहोला भनी बाटोमा पार्किङ कारहरुको चियो गर्छु तर पिएस जी सरासर अगाडि बढ्नु भयो सम्झे पार्किङको समस्या यहा पनि रहेछ, कार टाढै पार्किङ गर्नुभएको रहेछ । केही बेर पछाडि थाह भयो हामी हिडेरै दुबई म्यूजियम जादैछौ ।

दुबई म्यूजियम पुगेपछि धेरै कुरा आकाश खुले झै छ्याङ भयो । सन् १९७१ मा ब्रिट्रिसबाट स्वतन्त्र हुनुभन्दा अगावै सन् १९६६ मा तेलको खानी पत्ता लाग्यो र तेल सिद्धिन्दै गएको कारण पर्यटनलाई मध्येनजर राखेर अहिलेका भब्य संरचनाहरु निर्माण भए । विल्कुलै खुल्ला चौरीमा बस्ति बसाए झै नयाँ ठाँउमा उत्कृष्ट योजना बनाई घर र सडकको संरचना बनाउनुले सजिलो, सस्तो मात्र होइन विश्व कै नमुना शहर बसेको देखिन्छ । उसो त यूरोप र एशियाको बीचौबिचमा हुनुले पनि यसको आफ्नै महत्व रहयो । दुबईको जस्तो आकर्षक, सुन्दर र सफा सहर संसारमा छैन भन्न सकिन्छ । हङकङ र सिंगापुर झण्डै उस्तै लाग्छ तर सानो र साँघुरो छ । दुबईको विशाल आकाश छुने विल्डिङ जति अग्ला छन त्यति नै इस्लामिक देश युएईको अनेक शहरहरु मध्ये एक दुबई शहरको खुल्ला कानुन रोचक छ । मादक पदार्थ र खुल्ला रात्री जीबनले धेरै प्रश्नहरु उब्जाईदिन्छ । एकजना लोग्ने मान्छेले ४ बटी सम्म विवाह गर्न पाउने कानुन पनि अर्को रोचक पक्ष हो । दुबईको कुल जनसंख्या २८ लाख ३३ हजार र त्यसको २० प्रतिशत आप्रवासीहरु विश्वका झण्डै दुईसय मुलुकबाट आएको तथ्याङ्क मननीय छ । मुख्यतया भारतीय, बंगाली, पाकिस्तानी ठूलो संख्यामा रहेछन र यी भारतीय, बंगालीहरु नपुगेको कुनै मुलुक नै छैन झै लाग्छ । जहाँ पैसा, सुन्दरता र सुखसयलको ब्यवस्थाहरु छन मानिस त्यहि झुत्रिनु अस्वभाविक पनि होइन ।

जो दुबई मात्र घुम्नु भएको छ, अन्य मुलुक घुम्न बाँकी छ वा दुबईमा काम गरिरहनु भएको छ । दुबई भन्दा अझ भब्य संसार होलान तर मलाई लाग्छ, भौतिक संरचनाको हिसाबमा दुबईभन्दा भब्य अन्य शहर संसारमा छैन सायद । यो संसारकै आकर्षक केन्द्र विन्दु हो भन्न सकिन्छ । युनाईटेड अरब इमिरेट (युएई) का ७ वटै प्रदेश÷राज्यहरु आवुधावी, दुबई, शारजा, अजमान, रासअलखाइमा, फूजयररा र अमाअलखोइन मध्येको अतिविकशित चाहि दुबई रहेछ । दुबईमा ८० प्रतिशत मुस्लिम र त्यसमध्ये ८५ प्रतिशत सुन्नि र बाँकी १५ प्रतिशत सिया भएतापनि दुबईलाई आधुनिक मुलुक मानिन्छ । सामान्यतया ईस्लामिक मुलुकहरु कट्टर हुन्छन । तर, दुबई खुल्ला यद्यपी सरिय कानुन अन्तर्गत ज्यान मार्नेलाई मृत्यूदण्ड नै दिने चलन अद्यावधि रहेको पाइन्छ । अन्य कुराहरुमा मृत्यूदण्ड जस्तो सजाय कमि गर्दै आएको मानिन्छ । म्यूजियम भित्रको इतिहास हेर्दा अति सामान्य लाग्ने, उनीहरुले त यत्रा परिवर्तन र विकास गरेभने हामी नेपालीले पनि स्वदेशमा विकास र परिवर्तन गर्न सक्छौ भन्ने आत्मा विश्वास आउदछ । सामान्यतयाः स्वतन्त्र भएको ४८ बर्षमै यत्रो विघ्न भौतिक सम्पन्नता हासिल गर्नुलाई कायपलट मान्न सकिन्छ ।

हामी म्यूजियमबाट दियरा दुबईको सुन्दर नदिको तटमा पुग्यौ । स्रष्टा, सिर्जना देखि युएईमा रहने नेपालीहरुको बारेमा गफ गरयौ । हामी दुवैले साहित्यकार समदर्शी काईला, कवि बलदेव भट्ट लगायतलाई सम्झियौ, युएईमा साढे दुईलाख नेपालीहरु रहेको जान्न पाउदा खुसि र दुःख दुवैलाग्यो । खुसि यो अर्थमा की यति विकसित मुलुकमा नेपालीहरुले श्रम गरिरहेका छन् र रेमिट्यान्समा योगदान गरिरहेका छन् । दुःख यो अर्थमा की अर्काको देशमा हामी यत्रोविध्न नेपाली काम गर्न बाध्य छौ । यहि दियरामा शनिवार, आइताबार धेरै नेपालीहरु भेटन सक्न्थ्यिो अफसोच मेरो यात्रा सोमवार, विहीबार परेकोले उक्त मौका मिलेन । निक्कै लामो भलाकुसारी पछि पिएस निश्चल जी संग छुटेर म र छोरी होटल तर्फ लाग्यौ । होटलमा युके र बु्रनाईमा संगै काम गरेका मित्र नारदमणि लगायतका केही साथीहरुले मलाई पर्खिरहनु भएको रहेछ । वहाहरु संग केहीछिन भलाकुसारी पछि म र छोरी मलियना दुबईको डेसर्ट सफारी तर्फ लाग्यौ । हाम्रो गाडि शहरको अर्को कुना हुदै एक भब्य होटलमा रोकियो । पक्कै पनि चाईनिज टुरिष्ट आउला है, बुबाछोरी भन्दै थियौ नभन्दै एकजोडी चाईनिज आए । हो आजकल पश्चिमा गोराहरु पहिला जस्तो घुम्न आउदैनन । सम्भवतः विश्वकै आर्थिक गतिविधि एशिया तर्फ सर्दै गएको कारणले हुनुपर्छ । जताततै चाईनीज टुरिष्ट भेटिन्छन ।

ईमिरेट्स रोडको बाटो हुदै झण्डै दुईघण्टा पछि मरुभूमिमा हाम्रो कार रोकियो । युनिभर्सल ट्राभल्सका ड्राइभर आबिरले चक्काको हावा केही खोल्यो । तब चक्का लुलो भयो र जोडले हाँक्न थाल्यो । मरुभूमिमा बालुवा थुप्रिएर डाँडा बनेको ठाँउमा जोडले कार हाँक्दा भिरबाटै खसायो जस्तो लाग्ने, अब चाहि मरियो झै लाग्ने त्यसैले पछाडि सिटको चाईनीज जोडी र छोरी मलियना अत्तालिन्छन, पाकिस्तानी ड्राइभर झन जोडले दौडाउछ गाडि । झण्डै ४५ मिनेट बालुवा माथि दौडाएर सातो लिएपछि मरुभूमिको बीचौबीचमा रहेको यूनिभर्सल डेसर्ट क्याम्पमा रोक्यो । हामी हतारहतार डाँडामा गई फोटो खिच्न आतुर भयौ । अति तातो मौषम जहाँ बालुवा बाहेक केही छैन, पानी छैन, त्यस्तोमा दुई विरुवा देखे, आँकको झ्याङ र अर्को सुइरे खालको सानो झ्याङ । ती विरुवालाई हेरेर धेरे कुरा दिमागमा खेल्यो । बालुवामा हिड्न निक्कै गाह्रो भयो । अलि तलतिरबाट चाईनीज भाषामा यता आउ यता आउ भन्यो । त्यहा पुग्दा फेटा गुठाईदियो र खुसि लाग्यो तर लगतै पैसा माग्यो । प्याकेजमा आएको होला भनेको त पैसा तिर्नुपर्ने भयो । हामी चाईनीज होइन नेपाली हौ भने तब केही घटाईदियो । डेसर्ट सफारीमा सधै कम्तिमा दुईवटा गाडि संगसगै दौडाउनु पर्ने रहेछ । मैले त त्यस्तो डराउने तरिकाले दौडाउछ भन्ने सोचेकै थिइन । चितवनको सफारी तथा केन्याको सफारीमा त सरासर गाडि वा हात्तिमा चढेर घुमेर फर्किएको झै होला सम्झेको थिए ।

साँझ परयो रंगिन बत्तिहरु जले तब हामी बसेको बालुवा माथिको क्याम्प झलमल रमाइलो भयो । दुबईको सांस्कृतिक नृत्यहरु देखाईए र बीचमा बिबिक्यू डिनर दियो र डिनर पछि अर्को विदाईको सांस्कृतिक नृत्य पश्चात हामी बेलुकी ९ बजे डेसर्ट क्याम्प छोड्यौ । रातको दश बजे हामीलाई ड्राइभर आबिरले होटलमा पुरयाई दियो ।

दुबई यात्रामा मैले भेटेको, देखेको केवल संजोग हो या साच्चै नै त्यस्तै छ म भन्न सक्दिन । युएईमा मैले सबैभन्दा अनुशासित मानिसहरु भेट्टाए । चाहे त्यहिका स्थानीय वा आप्रवासीहरु । ड्राइभर देखि वेटर ज्यादै अनुसाशित । विश्वका १६ मुलुकमा प्रचलनमा रहेको मुस्लिम कानुन अर्थात पानीको बग्ने बाटो भन्ने मान्यता राखिने ‘सरिय’ कानुनको करणले हो वा सभ्यताले हो म अनभिज्ञ छु । भोली बिहान सबेरै होटलको गाडिले एयरपोर्ट सम्म छोड्यो र हामी चढेको जहाज ११ जुलाई २०१९ को विहान लण्डन ताकेर आकाशियो माथि माथि । अहिले पनि दुबईको विशाल संरचना सपना झै लाग्छ । र, विकास हुनु त दुबई जस्तो अन्यासै बोलिरहेको हुन्छु । जय दुबई ।

– विश्वास दीप तिगेला
१३ अगष्ट २०१९, आसफोर्ड