भूत (लघु कथा)

अक्टोबरको अन्तिम हप्ता युकेमा चाडै अध्यारो भएको छ । परिक्षाको कारण लाहुरे कुमार घरमा बत्ति बालेर सुनसानमा एक्लै पढिरहेको छ । श्रीमतिको साँझको काम भएकोले चाडै आउनेवाला छैन । त्यसैले बेलुकीको खाना बनाउनु पनि हतार छैन । गहिरिएर अध्ययन गरिरहेको छ । अब झपक्क अध्यारोले छोपेको छ । त्यति नै बेला ढोकामा कसैले ढकढक ढक्ढक्याउछ । कुमारले सोच्यो श्रीमति फर्किछे । र, जब ढोका खोल्यो तब उनले ससाना भूत, मुर्खुटा ढोकामै देख्यो, उनको होसहवास नै उड्यो र अत्तालिएर हाहहहय हैटहैट घरै थर्किने आवाज निकालेर ढोका ढ्याप्प लगायो र थरर काँपीरहेको छ ।

ससाना भूतहरु पनि तेत्रो ठूलो आवाज र ढ्याप्प ढोका लगाउनाले होसै गुम्ला झै तर्सिए । ट्रिक अर ट्रिट भट्याउनै पाएनन र फेरी पनि त्यो ढोका नखुले पछि उनीहरु अर्को घरको ढोका अगाडि फर्सिलाई कुदेर राखिएको संकेतलाई देखे पछि मात्र अर्को घरको ढोकामा उभिन्दै ट्रिक अर ट्रिट भन्दैछन । घरधनी चकलेट र पैसा दिदै हयापी हलोइन भन्दै अनुग्रहित ब्यक्त गर्दै विदाईको हात हल्लाईरहेको छ ।

कुमार अब उत्तर इंगल्याण्ड क्याट्रिकबाट दक्षिण इंगल्याण्डको सर्नकिल्फ सरेको पनि केही दिन भयो । धेरै नेपालीलाई मनपर्ने चाईनीज खाना रिब्स कुमारलाई पनि मनपर्छ र आज कुमारले साथीहरु संग मिलेर समुहमा रिब्स खाने सल्लाह गरी फोनबाटै २१ प्याकेट रिब्स मगायो ।

केही समय पछाडी चाईनीज दोकानेको कार गेटमा रोकियो अर्थात रिब्स गेटमा आईपुग्यो र कुमारलाई फोन गरेर गेटमा लिन निस्कनु भन्यो । निक्कै भोकाएका कुमार हतारहतार रिब्स लिन सर्नकिल्फको गेटमा पुग्यो, त्यो रिब्स ल्याउने दोकानेलाई कतै देखेन्न र ढिला भएकोमा मुर्मुरिन्दै फोन गरेर सोध्यो खोई त म देख्दिन त? रिब्सवालाले भन्यो सधैकै ठाँउमा छु । तब कुमार बल्ल ब्यूँझियो उनले क्याट्रिकको रिब्सवालालाई अर्डर गरेछन । भोकाएका कुमारका साथीहरु चाहि सर्नकिल्फमा पर्खिरहेका छन् । तब सर्नकिल्फको गेटबाट कुमार र क्याट्रिकको गेटमा रिब्स बोकेर उभिएका दोकाने बीच अहिले चर्काचर्की चलिरहेको छ ।