भोट: ईयूबाट बाहिरिने की ईयूमै रहने ? (विश्वास दीप तिगेला)

ज्यादै पुरातनवादी बृटिस राजनीतिमा अहिले चाहि नयाँ रौनक आएको छ । युके यूरोपियन यूनियनबाट बाहिरिने वा रहिरहने भन्ने जनमत संग्रहले बृटिस जनताहरु धुव्रीकृत भएका छन् । आधुनिक विश्वब्यापीकरण संगै सुविधाको खोजीमा मान्छेहरु एक ठाँउबाट अर्को मुलुक सर्ने चलन संगै केही विकसित मुलुकहरु अप्ठयारोमा परिरहेका छन् । त्यसमध्येको एकमुलुक हो संयुक्त अधिराज्य (युके) ।

यहि २३ जुन २०१६ का दिन युके यूरोपियन यूनियनबाट बाहिरिने वा यूनियनमा रहिरहने भन्ने सवालमा जनमत संग्रह हुदैछ । जनमत संग्रहमा यूनियनमै रहने पक्षमा बहुमत पर्न गएमा ठूलो असरहरु देखिने छैनन तर यूरोपियन यूनियनबाट बाहिरिने पक्षमा बहूमत देखिएमा धेरै उतारचढाव आउने पक्का छ । प्रधानमन्त्री डेभिड क्यामरुनको निरन्तर २ कार्यकालमा यो दोस्रो महत्वपूर्ण जनमत संग्रह हो । यसअघि स्कटल्याण्ड सार्वभौम बन्ने की युकेमै रहने भन्ने सवालमा भएको थियो ।

ईयू भित्र वा बाहिर भन्ने विषयमा धेरै बहस गर्न सकिन्छ तर यहा केही भिन्न कोणबाट चर्चा गरौ । विश्व इतिहास हेर्ने हो भने बाहिरि आक्रमण अर्थात मुख्य शक्तिको विरुद्ध मोर्चाबन्दि गर्ने काम सरकार र शक्तिहरुले गर्दै आएका छन् । स्वीजरल्याडको इतिहास त्यसको उद्धाहरण लिन सकिन्छ । छुटाछुटै राज्यहरु मिलेर शक्तिशाली एक राज्यमा रुपान्तरित भएका छन् । यसैलाई ख्याल गर्दै यूरोपियन यूनियनलाई अध्ययन गर्न सकिन्छ । दोस्रो विश्वयुद्ध पश्चात पनि पूर्वी जर्मनी र पश्चिम जर्मनी भनी विभाजित थियो । पूर्वी जर्मनीमा रसियाको प्रभाव थियो भने पश्चिम जर्मनीमा पश्चिमाको । रसिया सधैभरि पूर्वी यूरोप तथा सिंगो युरोपलाई नै प्रत्येक्ष प्रभाव पार्ने शक्ति रहदै आएको कारण त्यसैको मुकाविला गर्न यूरोपियन यूनियनको स्थापना भएको मान्न सकिन्छ । त्यसको अलवा शान्ति र समृद्धिको कुरा पनि छन् तर यसको मुख्य मर्म चाहि सैनिक शक्तिकै सेरोफेरोबाट पनि हेर्न सकिन्छ ।

यूरोपियन यूनियनको स्थापना दोस्रो विश्व युद्ध लगतै सन् १९४५ देखि विभिन्न सन्धिसम्झौताका कालखण्ड पारगर्दै १९९२ सम्मलाई लिन सकिन्छ । यसका परिकल्पनाकार पश्चिम जर्मनीका पूर्व चान्सलर कोनराड आडेनुर लगायत ११ जनालाई लिने गरिन्छ । यस युूनियनमा जर्मनी, फ्रान्स, स्पेन, स्वीडन, अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोयसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, ग्रिस, हंगेरी, आयरल्याण्ड, इटाली, लाटिभिया, लिथुनिया, लक्जेम्बर्ग, मल्टा, नेदरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लभानिया र युके लगायतका २८ मुलुक रहेका छन् । अब टर्की, आल्बानिया, मेसेडोनिया, मन्टेनिग्ररो र सर्वियालाई सदस्यता प्रदान गर्ने चरणमा गएका छन् । रोचक पक्ष चाहि पूर्वी जर्मनी र पश्चिम जर्मनी छुटाउने पर्खाल ३ अक्टोबर १९९० मा ढल्यो त्यसपछि मात्र सन् १९९३ नोभेम्बर १ मा यूरोपियन यूनियनको पूर्नजागरण भएको हो ।

विश्व युद्धको लागि टर्कीको भूमि अत्यन्तै महत्वपूर्ण मानिन्छ । विशेषतः रसियाको विरुद्ध लड्न आवश्यक परेमा टर्कीको तिनैतिर ढाकेको समुन्द्रलाई प्रयोग गर्नसके प्रभावकारी हुने मानिन्छ । अहिले यूरोपियन यूनियनले विभिन्न विवादको बाबजुद पनि टर्कीलाई सदस्यता दिदैछ । त्यसले पनि पुष्टि हुन्छ यूनियन अन्ततः रसिया शक्तिको धार रोक्न वा प्रतिवाद गर्न तम्तयारी गरिरहेको आभाष हुन्छ । अमेरिकाको मुख्य सैनिक शत्रु रसिया नै रहेको कारणले पनि हुनुपर्छ अमेरिकी राष्ट्रपति वाराक ओबामाले युके ईयूमै रहनुपर्ने विचार राखेका हुनसक्दछ ।

ईयू सदस्य मुलुकहरु मध्ये भूगोलको हिसाबबाट र सिमानाको हिसाबमा रसियाबाट अलि टाढा रहेको छ युके । विश्वको विभिन्न भूभागमा युद्ध गर्नपर्ने भएमा युकेको आफ्नै संरचनाहरु छन् । जस्तैः फोकल्याण्ड, जिब्राल्टार, ब्रुनाई लगायत ११ कोलनीयल केन्द्रहरु रहेको साथै ५३ मुलुक सम्मिलित कमन्थवेल्स यूनियनको नेतृत्व गरेको कारण ईयूबाट अलग्गै रहेपनि सुरक्षा तथा विश्वमा आफ्नो प्रभुत्व बचाउन सकिने बृटिस विश्लेषण हुनुपर्दछ । यूरोपियन यूनियन छोड्दैमा आर्थिक कारोबारको संगठन यूरोपियन आर्थिक समुह (इइसी) छोड्न नपर्ने भएकोले पनि ठूलो समस्या आंकलन नगरेको हुनुपर्दछ । यूनियनमा नरहेको तर आर्थिक समुहमा मात्र रहेको नर्वे, स्वीजरल्याण्ड जस्तै युके बन्न सक्ने सम्भावना प्रबल देखिन्छ ।

सन् २०१५ मा सिरिया लगायतको भूमिमा बम बर्षा गराउनु पश्चिमाहरुले सम्भवतः इतिहासमा सबैभन्दा ठूलो गल्ति गरे । विना रोकतोक आवतजावत गर्न सकिने स्याङजन सन्धिलाई सन २९ अप्रिल २००४ ब्रोसेल्समा मान्यता दिने काम हुनु र नजिकै रहेको सिरिया तथा मध्ये एशियाका मुलुकहरुमा अशान्ति मच्चिनु, मच्चाईदिनु संयोग मान्न सकिन्छ तर यसको दुरगामी असर भने देखिन शुरु भएको छ । छोटो समयमै फ्रान्स, जर्मनी, बेल्जियम लगायतले त्यसको फल भोग्दैछ । ती आंतककारी हमलाको शुरुवात मात्र हो भन्न सकिन्छ ।

ज्यान बचाउनको लागि मात्र नभई अन्य अवसरको लागि पनि आप्रवासीहरु ईयू प्रवेशको ज्वार ह्वात्तै उठेको छ । यो ज्वार सुक्नको लागि केही बर्ष लाग्न सक्दछ । एक तथ्यांग अनुसार गएको १२ महिनामा मात्र पूर्वी यूरोपका गरिब मुलुकहरुबाट साढे २ लाख आप्रवासी युके भित्रिएका छन् । विगत १० बर्षमा कति भित्रिए होलान ? आप्रवासीको चाप युकेले धान्न सक्ने क्षमता युके संग देखिन्दैन । त्यसैको प्रभाव मानिन्छ युकेमा अहिले नै स्वास्थ्य, शिक्षा र आवास धेरै डामाडोल बनि सकेको छ । यसर्थ पनि अहिले युके यूरोपियन यूनियनबाट बाहिरिनु सहि मान्नेहरु धेरै भेटिन्छन् । यसको अर्थ सधैको लागि नभई केही बर्षको लागि मात्र भएपनि बाहिरिनु उपयुक्त हुनसक्दछ । यूरोपकै सबैभन्दा ठूलो शहर लण्डनमा ३६ प्रतिशत भन्दा बढि आप्रवासी छन् । लण्डन लगायत युकेका धेरै ठाँउहरु अहिले बृटिस जनताको नियन्त्रणमा छैन्न । त्यसै कारणले हुनुपर्छ पूर्व लण्डन मेयर वोरिस जोन्सन युके ईयू बाहिर हुनुपर्छ भनेर अभियानको नेतृत्व गरिरहेका छन् ।

आप्रवासीहरुको आगमन संगै आतकवादीहरुको पनि त्यतिनै अनुपातमा प्रवेश भएको अनुमान गर्न सकिन्छ । त्यसैले अहिलेको मजबुत आर्थिक रोज्ने की भविश्यको शान्ति रोज्ने भन्ने अर्को महत्वपूर्ण पाटो हो । आज आर्थिक समुन्नत भएपनि भोलि शान्ति नभए त्यसको कुनै अर्थ हुदैन । आप्रवासीको आगमन नै आतङ्ककारीको प्रवेश हो भन्न पनि मिल्दैन तर अत्यधिक सम्भावना त्यो हुन सक्दछ । लण्डनको गल्लिगल्लि र चोकहरुमा अहिले नै पूर्वी यूरोपियनहरु ढाँट्न, छल्न र लुटन बसिरहेको भान हुन्छ । त्यसैले यो समय सबैले सोच्ने र सहि निर्णय गर्ने अवसर भनिएको छ ।

सन्दर्भ नेपालीः युकेमा डेढ लाख नेपालीहरु रहेको अनुमान छ । त्यस मध्ये आधाले मतदान गर्न पाउने अनुमान गर्न सकिन्छ । नेपालीहरुले इयूमै रहने पक्षमा भोट गर्ने वा बाहिरिने पक्षमा भोट गर्ने ? यस सवालमा पनि विचारहरु बाँझिएका छन् । धेरैको त ब्यक्तिगत अवस्थामा पनि निर्भर छ । तर समग्रमा २ सय बर्ष लामो गोर्खा बृटिसको विरासत रहेका कारण नेपालीहरुलाई अन्य मुलुकबाट आएका आप्रवासी कै रुपमा लिन मिल्दैन । त्यसैले बृटिस नेश्नालिष्ट नजिक धेरैले बुझ्न सक्दछन् । रोजगारको हिसाबबाट, आम्दानीको हिसाबबाट पूर्वी यूरोपका आगमन अगाडि गोर्खाहरुलाई धेरै राम्रो थियो । सन् २००९ पछि पूर्वी युरोपियनहरुको हवात्तै आगमन पछि भने गोर्खालीहरुले ब्यक्त अब्यक्त संकट झेल्दै आएका छन् ।

विगत र वर्तमानमा पनि स्थानीय बृटिस जनताले गोर्खालीलाई सम्मानका साथ हेर्ने गर्दछन् तर रङ्गरुप, आकारप्रकार अंग्रेज जस्तै देखिने पूर्वी यूरोपियनहरुबाट गोर्खालीहरु अत्यधिक अपमानित, शोषित बनेका छन् । गोर्खालीहरु पूर्वी यूरोपियन (पोलिस, ग्रीक आदि) वा स्थानीय अंग्रेज छुटाउन सक्दैन्न र स्थानीय अंग्रेज सम्झिन्छन र सम्मान गर्छन तर पोलिस, ग्रीकहरु गोर्खालीहरुलाई अपमान गर्छन । उनीहरुलाई गोर्खालीको इतिहास ज्ञानहुने कुरै भएन ।

अधिकाश गोर्खाली परिवारहरु फ्याक्ट्रीमा काम गर्ने र त्यस्ता फ्याक्ट्रीहरु पूर्वी यूरोपकै हुने भएकोले पनि जागिर खोज्दै जाँदाहोस वा जाँगिरको काम गर्दैगर्दा तिनै पूर्वी यूरोपियनहरुबाट अपमानित र शोषित बनेको अवस्था छ । यस अर्थमा युके इयूबाट बाहिरिनु पर्छ भन्ने सवालमा मतदान गर्न धेरैले सहि मान्न सक्दछन् ।

ईयूको भोट हुदै गर्दा सरसर्ति अध्ययन गर्ने हो भने संमग्रमा आर्थिक सवालमा ठूलो समस्या देखिन्न, राष्ट्रिय सुरक्षाको सवालमा पनि समस्या देखिन्न । उद्योगधन्दा चलाउन पनि पर्याप्त आप्रवासीहरु भित्रीसकेको कारण त्यहा पनि समस्या देखिन्न । जो युके भित्रि सकेका छन तिनीहरु फर्कनुपर्ने छैन भनी स्पष्ट भई सकेको छ । सवाल सिर्फ आप्रवासीहरु ठूलो संख्यामा निरन्तर आईरहेमा आंतकवाद लगायत सभ्य सामाजिक वातावरण बिग्रन्छ र अनावश्यक जनसंख्यालाई ब्यवस्थापन गर्न सकिन्न भन्ने आदि हो ।

अन्तमा, हाल बहाल पैसा रोज्ने की भोलिको शान्ति रोज्ने ? बृटिस नेशनालिष्टहरुको दबदबा रोज्ने की पूर्वी युरोपियनहरुको अपमान रोज्ने ? बृटिस नेपालीहरुको निम्ति सहि निर्णय गर्ने समय यहि हो । तपाईको एक भोटले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । इतिहासमै सबैभन्दा धेरै मतदाताले चासो देखाएको जनमत संग्रहको मतदानमा अधिकार प्राप्त नेपालीहरु कोहि नछुटुन र सहि निर्णय गरुन शुभ कामना ।

२१ जुन २०१६, आसफोर्ड