अंग्रेजले आईरिस ३ लाख गोरालाई नै नयाँ विश्वमा बेचे र आईरिस गोरेनीलाई हब्सी लगाईदिए तर कसरी?

. . . दोस्रो बर्षको क्यानडा यात्रा सम्झन्दा खुसिले बुर्कुसी मारौ लाग्छ । यस पटक अर्को विश्वविद्यालय पुगे झै लाग्यो । जीबनमा कहिल्य सोच्दै नसोचेका कुराहरु सिक्ने साइत जुरयो । बेलाबेला आफ्नो अनुकुलको समय मिलाएर जेफ स्कट नीलो ड्याग्री पोषाकमा वजनदार अनुहार लिएर म भएकोमा आईपुग्थ्यो । हामी दुवैले काम गरिरहेको पनि देखाउनुपर्ने र विश्वभरकै कुरा पनि गरेर भ्याउनुपर्ने ।

प्रंसग उप्किएको चाहि क्यानडाका आदिवासीहरुको बारेमा मेरो सोधखोजले नै हो । जेफले भन्यो यहाका आदिवासी (फष्ट नेशन) काम गर्दैनन, मैले जस्तो दुःख गर्नुपर्छ भन्ने सोच्दैनन । सरकार संग रिसाउछन, बढि आरिस गर्छन, उनीहरु आपसमा पनि मिल्दैनन् । अन्य समुदाय उनीहरुको नजिक आएको पनि रुचाउदैनन् । समय धेरै अगाडि बढि सक्यो तर उनीहरु पछाडि छन यद्यपी सरकारले उनीहरुलाई अधिकारको ग्यारेन्टि गरेको छ । क्यानडाका हामी सेता जातिहरु युके, जर्मन फ्रान्स अर्थात यूरोपबाटै आएका हौ । कुरा थपियो चाईनीजहरु हिँउदमा समुन्द्रको पानी जमेर आईस बनेको बेला उत्तरी गोलाद्र्धबाट आए । ती मध्ये सबैभन्दा बढि जाडोमा बस्ने जाति इन्यिुट (इग्लोलिक) हुन । अब मैले जेफ भनेर सहज रुपमा बोलाउन शुरु गरेको छु । ६१ बर्षिय जेफ ठूठूला मोटरगाडी बनाउने इन्जिनियर हुन । उसलाई सामाजिक विषयमा, राजनैतिक विषयमा गफ गर्ने साथी नपाएको बषौं भयो सायद र बल्ल जोडी पाएको हुनुपर्छ । उसो त उसले काम गर्ने ठाँउको बाहिरी भित्तामा विश्वको नक्सा टाँसिएको छ । लाग्छ उनैले टाँसेका हुन । मानिस एक ठाँउबाट अर्को ठाँउ सरेको सन्दर्भ शुरु हुदा मैले रेड इण्डियन र इण्डिया देशको प्रसंग सोध । सन् १४९२ मा क्रिष्टफर कोलम्बसले समुन्द्रमा छत्तिस दिन निरन्तर सेलिङ बोटमा जाँदाजाँदा जमिनमा पुग्यो । उनले इण्डिया पुगे भन्ने सम्झ्यो र त्यहाका मानिसहरुलाई इण्डियन भने । वास्तवमा इण्डिया नभएर अमेरिका थियो । रेडइण्डियन नभएर त्यहाका आदिवासीहरु थिए । तर अझै पनि अंग्रेजइतरले रेडइण्डियन शब्दलाई प्रयोग गर्ने चलन छ ।
अमेरिकाका आदिवासीहरुले रेडइण्डियन भनेको मनपराउदैन्न । जेफले आकर्षक क्यानेडियन लवजमा यी कुरा भन्यो । म अच्चमित भए तर विस्तारै याद भयो मैले यो कुरा पहिला नै पढेको हू तर बिर्षिएको रहेछु । विषय पनि रोचक र भाषाको उच्चारण पनि लोभलाग्दो, किनकिन बृट्रिस लवजको अंग्रेजी चाहिने भन्दा बढि मृदुल लाग्ने, किनकिन अमेरिकन लवज बढि रुखो लाग्ने तर क्यानेडियन लवज प्रष्ट र ठिक्क लाग्यो ।

जेफ उसको ३५ बर्षको उमेरमा पाँच बर्षे क्यानेडियन डिग्री पढदै गर्दा अन्तिम बर्ष श्रीमति विरामीको कारण पुरा गर्न नसकेका रहेछन । जेफको ब्याख्या गराई देखेर यस्तो लाग्यो की मेरो यूनिभर्सिटीमा उ लेक्चर भईदिएको भए धेरै जान्न सक्थे, उसको तर्क र प्रस्तुत बेजोड लाग्यो र मैले भने तपाई पढाउनु पर्ने ब्यक्ति हो, उसले भन्यो म यहि जागिर गर्न बाँध्य छु र परिवार सगै बस्न पाएको छु । परिवार संग छुट्टिएर बस्दा श्रीमति अर्कै संग बसेको हुनसक्छ, म अर्कै संग बसेको पनि हुन सक्छु, त्यो भन्दा यहि मलाई ठिक छ । जब हाम्रो बहस चर्किन्छ उसले त्यहि भित्ताको नक्सा देखाउदै प्रष्ट पार्न खोज्छ । ईष्ट कल्चर र वेष्ट कल्चर उत्तरी अफ्रिकाका केही देश हुदै अरब मुलुक हुदै पश्चिम रसिया देखि पश्चिम जहा महिलालाई शिक्षा र शशक्तिकरणमा विश्वास गर्छन त्यसलाई वेष्ट कल्चर मानिन्छ उनले प्रष्ट पारे ।

हाम्रो गफ मिसमास र चुस्सचुस्स भेटमा हुन्छ किन की जेफले पनि काम गरेको देखाउनु छ र मैले पनि । मैले दोस्रो दिन देखि प्रोफेसर जेफ भनेर जिस्काउन शुरु गरेको छु । उनी प्रोफेसर भन्दा कुनै कमि छैन र त्यसो भन्दा उनको प्रतिक्रिया पनि सामान्य छ । मलाई उ बाट क्यानडाको विषयमा र अमेरिका संग क्यानडाको सम्बन्धको बारेमा जान्न मन छ । अल्बटा राज्यको मेडासिना ह्याट नजिक सेफिल्ड अमेरिकाको बोर्डर नजिक पर्दछ । उसले भन्यो क्यानडाको मानिसहरु दक्षिणी भाग जुन अमेरिकाको बोर्डर नजिक मात्र बस्दछन । उत्तरमा अति जाडो हुने भएकोले मान्छे बसोवास गर्दैनन । जाडोमा बस्ने जाति इन्यिुट मात्र केही बस्दछन् । क्यानडाको राज्यहरु मध्ये पानी नपर्ने र तेल उत्पादनले सबैभन्दा धनी राज्य अल्बटा हो । उसो त अल्बटा राज्य मात्र पनि युके भन्दा ठिक दुई गुणा ठूलो छ तर जनसंख्या युके भन्दा लगभग आधा छ । युकेमा ६६ मिलियन जनसंख्या रहेको छ भने क्यानडामा ३७ मिलियन । क्यानडा र नेपालको जनसंख्या बरु झण्डै उस्ताउस्तै छ । नेपालको कुल जनसंख्या २९ मिलियन (सन् २०२०) । र, क्यानडा भन्दा रसिया डब्बल ठूलो क्षेत्रफलमा फैलिएको जेफको दाबी छ ।

अमेरिका विश्व मै बेग्लै मुलुक हो जेफको तर्क छ । अमेरिकाको सिद्धान्त जो सुकैहोस, जहासुकै जन्मेकोहोस अमेरिकी भईसके पछि सबै अमेरिकिन समान हुन्छन तर युके, क्यानडा लगायतको मुलुकमा नेपाली क्यानेडियन, नेपाली बृट्रिस हुन्छन् । बर्ग र जातको ठूलो खाडल छ तर अमेरिकामा त्यो मान्यता हुदैन । अमेरिकन संविधानले नै सबै नागरिकलाई उत्तिकै माया र जिम्मेवारी दिएकोले अमेरिका यहा सम्म पुगेको हो । किन हो जेफले अमेरिकाको ज्यादै प्रसंसा सुनाएको छ । बोर्डर इलाकामा अमेरिका संग कुनै खटपट छ की मैले सोधे उसले भन्यो कुनै समस्या छैन, हामी क्यानेडिनहरु अमेरिकाको प्रगतिमा केही जेलुस गर्छौ त्यति हो । आखिर समस्या रहेन रहेछ देशै एक बनाउनु नी भन्ने आसयको सम्म कुरा पुग्यो तर अहिलेको ब्यवस्थापन नै सहि भएको बतायो । आखिर अमेरिकाले विशाल लुसियाना राज्यलाई फ्रान्सबाट स्न १८०३ मा १५ मिलियन डलरमा किनेको रहेछ । अमेरिकाको मुख्य भूमिबाट टाढा रहेको आलास्का सन् १८६७ मा रसियाबाट सिर्फ ७.२ मिलियनमा किनेर गाभेका रहेछन । हामीले सधै देशको सिमाना युद्ध लडेर मात्र बढाउन सकिन्छ भन्ने पढ्यौ तर देश वा भूमि किनेरै पनि सिमाना बढाउन सकिने इतिहास पुरानै रहेछ । यी कुराहरु मैले बताए पछि जेफ झनै कुरा गर्न आक्रामक हुन्थे । मलाई तेरो पोलटिक्स विषयमा यी यी कुरा जान्न जरुरी छ भनी बेलाबेला हेप्थे पनि ।

dav

जेफ उत्तर अमेरिका र दक्षिण अमेरिकाका पेरु लगायतका मुलुकहरु घुमिसकेको कारण उसको कुरामा दम हुन्थ्यो । जेफ संगै काम गर्ने एक निग्रो बर्बडसका क्यारेबियन युवा पनि थिए । उसलाई अफ्रिकाको कुन ठाँउबाट क्यारेवियन पुग्यौ भन्ने मेरो प्रश्नले अर्को रोचक इतिहास खुल्यो । निग्रो अर्थात काला जाति घाना, नाइजेरिया, सेनेगलिक लगायतको ठाँउबाट क्यारेबियन जमैका, हाइटी, क्यूवा लगायतका मुलुकमा गएका रहेछन् । गजब चाहि काला जातिहरु अंग्रेजी बोल्ने बित्तिकै अफ्रिकन वा क्यारेबियन पत्ता लागाउन सकिन्छ । क्यारेबियनहरु छिटो र जोसिलो बोल्छन । अफ्रिकनहरु लगभग नेपालीकै जस्तो ढिलो र खस्रो अंग्रेजी बोल्छन् । क्यारेबियन युवाले काला जाति कसरी चिन्ने केही मन्त्र पनि दिए । अति काला र टाउको खुइलिएका पूर्वी अफ्रिकन र सुकुटे, लामालामा खुट्टाहुनेहरु केन्याली जो विश्वमै दौडमा नामी छन् । अति काला छाला भएकाहरु सुडानी आदि भनेर चिन्ने ।

क्यारेबियन कै विषयमा बहस चल्दै गर्दा मेरो निम्ति अनौठो इतिहास खुल्यो । जेफले भन्यो क्यारेबियनमा आईरिस सेलेभ (दास) हरु बेचिएका थिए । म छक्क परे । इतिहासमा कालाहरुलाई गोराहरुले दाम्लोले बाँधेर बेचेको इतिहास पढेको थिए तर आईरिस गोरालाई बृट्रिस गोराले बेचेको कतै पढ्या थिइन । अहिलेको स्लोभाकिया देशबाट सेलेभ शब्द आएको पनि उनको तर्क सोचनीय थियो । गोराहरुकै प्रसंगमा पटकपटक यहुदीको बारेमा चर्चा उठयो । यहुदी जन्मले मात्र हुन्छ कर्मले यहुदी बन्न सकिन्दैन । यहुदी अनुसरण गर्न सकिन्छ तर यहुदी समुदायले भित्रीबाट स्वीकार गर्दैन्न । सेमेटिजम भनेको के हो भन्ने प्रश्नको जवाफमा जेफले जोडे यो भनेको मंगोलियड, निग्रोइड र ककेसियस भने जस्तै सेमेटिक एक वंश हो । एन्टिसेमेटिजम भनेको एन्टिमंगोलियड भने जस्तै हो । यहुदीहरुको कुनै निश्चित देश नहुने भएकोले उनीहरु विभिन्न क्षेत्र पेशामा प्रवेश गर्न बाँध्य भए र प्रगति गरे । यहुदीहरु यति चर्चा गर्न लायक जातिहुन भने यिनीहरुलाई कतै शोषण भएको इतिहास छ की छैन त ? मेरो प्रश्न राम्ररी नसिद्धिन्दै जेफले भन्यो इजिप्टको पिरामिड बनाउन यहुदीलाई दास बनाईएको थियो । सम्झे जो कसै दास र शासक बन्न सकिने रहेछ सिर्फ समयको मात्र अन्तर र पर्खाइ हो ।

किङ जेम्स दोस्रोले ३० हजार आईरिस कैदीहरुलाई नयाँ विश्वमा बेचेर मानिसलाई बेच्ने चलनको शुरुवात गरेका थिए । नयाँ विश्व भन्नाले एण्टिगुवा, मन्टसोर्ट, वेष्ट एण्डिज, बारबाडोस, भर्जिनिया, जमैका लगायत पर्दथ्यो । सन् १६४१ देखि १६५२ भित्र ३ लाख आईरिस बेचिए र ५ लाख आईरिस मारिए । लगभग १५ लाख जनसंख्या भएका आईरिसहरु एकै दशकमा घटेर ६ लाखमा झरे । सन् १६५० को दशकमा एक लाख आइरिस बच्चाहरु दास बनाउन बेचिए । अफ्रिकाका निग्रो दास भन्दा आइरिस दासहरु धेरै सस्तो थिए । त्यो वेला आईरिस दासहरु मानव गाईबस्तु सरह थियो । दास बच्चा जन्माउन आईरिस महिलाहरुमाथि हब्सी कालेहरु लगाउने र दासहरु मर्दा अपराध मानिन्दैन्थ्यो । दासहरुलाई तर्साउन सार्वजनिकस्थलमा जिउदै आगो लगाई दिन्थे, पिटथे । यसरी एक शताब्दि भन्दा बढि कालखण्डमा अंग्रेजले दश लाख भन्दा बढि आईरिसहरुलाई दास बनाए, जहाजमा लगेर बेचे र अन्ततः सन् १७९८ को विद्रोह पछि पनि हजारौ आईरिस दासहरुलाई अमेरिका र अष्ट्रेलियामा पनि बेचे (अफ्रिकारिसोसेसडटकम, २००८) भन्ने इतिहास जब इन्टरनेटमा पढे तब धेरै कुराहरु मनमा उब्जिएका छन् ।

आईरिसहरु निक्कै अभागी रहेछन् उसो त सन् १८४५ पनि आलुमा रोग लागेको कारण झण्डै लगातार ८ बर्ष ठूलो भोकमरी खेप्नु परयो । मान्छेले मान्छेलाई बेच्दा पनि आखिर संसार चल्दै रहेछ । युके अहिले यूरोपियन यूनियन (कन्फिडिरेसन) बाट निस्कन्दै गर्दा सबैभन्दा ठूलो मार उहि नोर्दन आयरल्याण्डलाई हुने देखिन्छ । अंग्रेजको पछिल्लो निर्णयले पनि आईरिसहरु पीडित नै हुने देख्दा दुःख लाग्छ । खोई संयोग पनि कस्तोकस्तो । अहिले पनि गोर्खाहरुलाई बृट्रिसले ब्रुनाई र सिंगापुरलाई बेचिरहेका छन् । घरमा काम गर्ने नेपाली महिलालाई एकले अर्कोलाई दुबईको आइताबारे हटियामा बेच्ने गरेको सुनिन्छ । नेपाली युवतीहरुलाई भारतमा बेचिएको खबर दिनहूजसो पढ्न पर्छ तब लाग्छ, प्राचीन समाजशास्त्री एरिष्टोटलले भने जस्तै मानिस पनि आखिर सामाजिक जनावर नै हो । मानिस संग जनावरको गुण र मानिसको गुण दुवै हुन्छ । जनावर संग जनावरको गुण हुन्छ मानिसको गुण हुदैन फरक त्यति हो ।
दोस्रो विश्व युद्धले सबै भन्दा धेरै बृट्रिस र जर्मन लगायतलाई ढाल्यो । जर्मनले त धेरै कुरा उठाई सकेको छ तर अठारौ र उन्नाइसौ शताब्दिमा औधोगिक क्रान्ति गर्ने बृट्रिसले कुनै उद्योग धन्दा चलाउन सकेन । कसैले सन् १९५६ को स्वीस काण्डलाई र कसैले सन् १९९७ मा हङकङ चाइनालाई हस्तान्तर गरेकोलाई बृट्रिस साम्राज्य समाप्त भएको तर्क गर्छन । साम्राज्य, शक्ति र सभ्यताको कुरा तन्किएर विश्वकै पहिलो विश्व विद्यालय मरक्कोमा रहेको र दोस्रो पुरानो विश्व विद्यालयमा भारतको नालन्द रहेको कुरा तेस्र्राए तर उनले स्वीकर गरेनन् र इजिप्टको अलेक्जाड्रिया जुन ३३१ विसीमा निर्माण भएको दाबी लियो र त्यो सहि पनि भए ।

जेफ संग प्रत्येक दिन बहस हुन्छ । फेरी पनि दोहरिएको छ । नेपालको बारे पनि निक्कै पढेका रहेछन र पछिल्लो समय नेपाल सांस्कृतिक रुपमा खुल्ला भई धेरै परिवर्तन भएको बुझेका रहेछन त्यसको कारण के हो भनी मलाई फ्याट्ट सोधी हाल्यो । नेपाल चाडै वेष्टनीज संस्कृतिमा जानुको कारण मैले कहिल्य सोचेकै थिइन । म बाट उत्तरको अपेक्षा पुरा गर्नै पर्नेथियो र भने पहिलो नम्बर नेपाल प्रो अंग्रेजी मुलुक हो त्यसैले पश्चिमा भाषा र सभ्याताको प्रभाव । दोस्रो नेपालको समाज मिश्रित छ, जातिय र सांस्कृतिक मिश्रीत समाज भएकोले नयाँ कुरा चाडै विस्तार हुन्छ र तेस्रो कुरा दश बर्ष सम्म चलेको जनयुद्धले नेपाली नपुगेको देशै छैन । जसले विदेशिने संस्कृतिको विकास मात्र होइन संस्थागत नै गरयो तसर्थ विदेशको प्रभाव नेपालमा पनि परयो । विश्वमा धेरै मुलक छन जहा एकै जाति मात्र बस्छन र परिवर्तन चाडै सम्भव हुदैन । देशविदेश जाने संस्कृतिको विकास हुन सकेको हुदैन ।

यसरी झण्डै एक हप्ता हामी बीच ज्ञान र विचारको जानकारी आदानप्रदान भयो । अघिल्ला बर्ष झै चिसो भएन यो बर्ष, यद्यपी माईनस २३ डिग्री सम्म चाहि ब्यहोर्नै परयो । दुईहप्ते यात्रामा बीचको शनिवार आइताबारको छुट्टि पनि यस पटक युकेमा संघीयता आवश्यक छ भन्ने शिर्षकको एसाइनमेन्ट लेखेरै बित्यो । एसाइनमेन्ट राम्रो नै भएको महशुस भयो र त्यसको खुसि यात्रै भरि रहयो । यात्राको अन्तिम तिर हिँउहरु उडे र रोडहरु केही काला देखिए । अन्तिम दिनको बिहान पानी पर्नाले हिँउहरु अलि जोडले पग्लिए अपसोच हामीलाई लिन आएको कोच वासस्थानमै चाहि हिँउकै कारण आउन सकेन । झोला, झ्याम्टा बोकेर कोच सम्म जान परयो । बाटो चिप्लो छ, सबैले खबरदारी गरिरहेका थिए । म अति नै सतर्कताका साथ हिड्दै थिए तर हिँउमा यति चाडो चिप्लिएर लडे की पत्तै भएन र ठोक्किएको घाउ अझै दुखि रहेको छ । हाम्रो कोच क्यालगरि एयरपोर्टमा रोकियो, जहाज क्यालगरिबाट उडेर हिथ्रो ओर्लियो तर लडेको दुखाई अझै ओर्लिएको छैन । यात्रा, १०–२५ जनवरी २०२० ।